प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरूका सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुने भएको छ।
संघीय संसद् सचिवालयका अनुसार बिहीबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी प्रस्ताव दर्ता गरिनेछ।
शुक्रबार बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्ताव प्रस्तुत गरी निर्णयबाट सभापति चयन गरिनेछ।


