काठमाडौं — प्रतिनिधिसभाको नयाँ सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध चयन भएका छन्।
तोकिएको समयभित्र उनको मात्रै उम्मेदवारी परेपछि उनी स्वतः निर्वाचित भएका हुन्।
रास्वपाको बहुमतका कारण अन्य दलले उम्मेदवारी नदिएको जनाइएको छ। अब आइतबार बस्ने संसद् बैठकले औपचारिक घोषणा गर्नेछ।


