काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले विगतका गलत नजिर सुधार्दै संसद्को कामलाई पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन्।
पत्रकारसँगको अन्तरक्रियामा उनले सञ्चारमाध्यमलाई रचनात्मक आलोचना र सुझाव दिन आग्रह गर्दै कानुन निर्माण प्रक्रिया छिटो बनाउने बताएका छन्।
अर्यालले नागरिकले राज्यको उपस्थिति महसुस गर्नेगरी काम गर्ने र संसदीय गरिमा उचो राख्ने पनि उल्लेख गरेका छन्।


