काठमाडौं, चैत २५। सरकारद्वारा सार्वजनिक यातायातको भाडा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ। इन्धनको मूल्य र अन्य सूचकहरूको आधारमा नयाँ भाडादर निर्धारण गरिएको हो।
मालवाहक सवारी साधनको भाडामा पहाडी बाटोमा २१.६८ प्रतिशत र तराईको बाटोमा १५.७५ प्रतिशत वृद्धि गरिएको छ। यातायात व्यवस्था विभागले भाडा समायोजनको प्रस्ताव मन्त्री सुनील लम्सालद्वारा स्वीकृत गराएको हो। अब सर्वसाधारणले नयाँ भाडादर अनुसार शुल्क तिर्नुपर्नेछ।


