Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकारी काम छिटो बनाउन ‘शून्य बाँकी फाइल अभियान’ सुरु

सरकारी काम छिटो बनाउन ‘शून्य बाँकी फाइल अभियान’ सुरु

काठमाडौं । सरकारले कार्यालयमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि एक हप्ते ‘शून्य बाँकी फाइल अभियान’ सुरु गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार दर्ता भएका फाइल समयमै टुंग्याउने, अनावश्यक ढिलाइ रोक्ने र जिम्मेवारी स्पष्ट बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको हो।

अभियान अवधिमा पुराना रोकिएका फाइलको समीक्षा गरिनेछ भने ढिलाइ गर्ने कर्मचारीलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने सरकारको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *