सर्लाही — कविलासी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट ६५ वर्षीय राम नरेश महतो मृत्यु भएका छन्। महतो प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा निधन भएका हुन्।
दुर्घटनामा घाइते मोटरसाइकल चालक सहित २ जनाको उपचार जारी छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।


