काठमाडौं – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ आज सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा भएको सुनुवाइ सोमबारका लागि पुनः तय गरिएको हो। रिट उनीहरूको चैत १४ गतेको पक्राउ सम्बन्धमा दायर गरिएको थियो। भदौ २३–२४ को जेएनजी आन्दोलन छानबिनका लागि गठित आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध अनुसन्धान सिफारिस गरेको थियो।


