काठमाडौं — नेपाल सरकारको निर्देशनअनुसार सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द भएका छन्।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी अवैध रूपमा सञ्चालनमा रहेका एप र वेबसाइट पहिचान गरी तुरुन्त बन्द गरेको हो।
प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार, पछिल्लो एक सातामा ५० भन्दा बढी उजुरी प्राप्त भइसकेको छ र ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ।
मुलुकी अपराध संहिता र विज्ञापन ऐन अनुसार सट्टेबाजीमा संलग्न भए एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ। सरकारले प्रयोग नगर्न चेतावनी दिँदै शंकास्पद एप वा वेबसाइटबारे जानकारी दिन आग्रह गरेको छ।


