Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुकुमबासी विस्थापनमा समन्वय गर्न स्थानीय तहहरूको सरकारलाई आग्रह

सुकुमबासी विस्थापनमा समन्वय गर्न स्थानीय तहहरूको सरकारलाई आग्रह

काठमाडौं — गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले सुकुमबासी बस्ती हटाउने कार्य एकल निर्णयमा नगर्न सरकारलाई आग्रह गरेका छन्।

उनीहरूले वैकल्पिक व्यवस्था बिना गरिएको विस्थापनले नागरिकको आवास अधिकार र मानवीय मर्यादामा गम्भीर असर पार्ने भन्दै आपत्ति जनाएका छन्। स्थानीय सरकारको नेतृत्वमा समन्वय गर्दै संघीय सरकार र सुरक्षा निकायले सहयोग गर्नुपर्ने उनीहरूको माग छ।

सुकुमबासी समस्याको दीर्घकालीन र मानवीय समाधान संविधान र कानुनको आधारमा खोजिनुपर्नेमा पनि उनीहरूले जोड दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *