काठमाडौं — गृहमन्त्री सुधन गुरुङ ले आफूविरुद्ध सेयर लगानी सम्बन्धी आएका आरोप अस्वीकार गर्दै स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले धितोपत्र बजारमा दुई करोडभन्दा बढी सेयर लगानी आफूले सम्पत्ति विवरणमै खुला रूपमा उल्लेख गरेको बताएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्समा गरिएको लगानी पनि सोही विवरणभित्र समेटिएको उनले स्पष्ट पारे।
उनले सेयर लुकाइएको भन्ने आरोप गलत भएको दाबी गर्दै प्रश्न गरेका छन्, “यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?” साथै सबै कारोबार बैंकिङ प्रणालीमार्फत भएको पनि उनले बताएका छन्।


