Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हटाइएका सुकुमबासी बस्तीमा तारबार लगाइँदै

हटाइएका सुकुमबासी बस्तीमा तारबार लगाइँदै

काठमाडौं महानगरपालिकाले खाली गरिएका सुकुमबासी बस्तीहरूको सुरक्षा र संरक्षणका लागि तारबार लगाउने तयारी थालेको छ।

कार्यवाहक मेयर सुनिता डंगोलले थापाथलीस्थित बागमती किनारको अनुगमन गर्दै खाली गरिएको सार्वजनिक जग्गा सुरक्षित राख्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएकी छन्। उनले अब खाली गरिने क्षेत्रहरूमा पनि तत्काल संरक्षण व्यवस्था मिलाउन भनेकी छन्।

महानगरले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति लगायत सम्बन्धित निकायसँग समन्वय गरेर तारबार लगाउने काम अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *