झापा — हल्दिबारी गाउँपालिका–२ मा ३७ वर्षीय सुनिलराम सोरेन जमेको पानीमा डुबेर मृत्यु भएका छन्। घर नजिकैको खेतमा डुबेका सोरेन मादक पदार्थ सेवन गरी लडेको अवस्थामा फेला परेका थिए।
प्रहरीले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


