Thursday, March 19, 2026
Home > स्थानीय समाचार > हुरीले धनकुटा क्याम्पस पुस्तकालयमा क्षति, दुई सातापछि मात्र सञ्चालन

हुरीले धनकुटा क्याम्पस पुस्तकालयमा क्षति, दुई सातापछि मात्र सञ्चालन

धनकुटामा आएको हावाहुरीले धनकुटा बहुमुखी क्याम्पसको पुस्तकालय भवनमा क्षति पुर्‍याएको छ। छाना उड्दा करिब २० हजार पुस्तकमध्ये केही भिजेर नोक्सान भएको छ।

क्याम्पस प्रमुख होमबहादुर बस्नेतका अनुसार क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ भने बाँकी पुस्तक सुरक्षित रूपमा अन्य भवनमा सारिएको छ।

पुस्तकालय पुनः सञ्चालनमा आउन कम्तीमा दुई साता लाग्ने जनाइएको छ। साथै, क्याम्पसको सीएमए भवनमा पनि आंशिक क्षति पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *