इरानको संसद्का उपसभामुख हमिदरेजा हाजी बाबाईले होर्मुज जलमार्ग प्रयोग गर्ने जहाजबाट पहिलोपटक पारवहन शुल्क (टोल) संकलन गरिएको दाबी गरेका छन्। तर कति रकम उठ्यो र कुन देशका जहाजले तिरे भन्नेबारे विवरण सार्वजनिक गरिएको छैन।
यसैबीच, केही इरानी नेताहरूले शुल्क प्रणाली लागू भइसकेको संकेत दिएका छन् भने यसलाई इरानको आर्थिक रणनीतिको रूपमा हेरिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानको यस्तो कदमलाई कडा चेतावनी दिँदै अन्तर्राष्ट्रिय जलक्षेत्रमा “अवैध टोल” तिर्ने जहाजलाई सुरक्षित यात्रा नदिइने बताएका छन्। उनले अमेरिकी नौसेनालाई निगरानी कडा बनाउन निर्देशन दिएको दाबीसमेत गरेका छन्।
होर्मुज जलमार्गमा तनाव बढेसँगै यसले मध्यपूर्वमा अमेरिका–इरानबीचको सैन्य र राजनीतिक तनाव थप चुलिन सक्ने विश्लेषण गरिएको छ।


