काठमाडौँ — भूराजनीतिक कारणले इन्धन र एलपीजी ग्यास आपूर्तिमा अवरोध आएपछि भारत सरकारले एलपीजी उत्पादन बढाएर घरेलु आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएको छ।
पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले कम्पनीहरूलाई घरायसी प्रयोगका लागि प्राथमिकता दिने, भण्डारण र कालोबजारी रोक्न २५ दिनको अन्तरमा मात्रै पुनः बुकिङ गर्न मिलाउने व्यवस्था लागू गर्ने भनिएको छ।
आवश्यक परे अस्पताल, शैक्षिक संस्था र अत्यावश्यक क्षेत्रमा मात्र विदेश आपूर्ति गर्न अनुमति हुनेछ। रेस्टुरेन्ट, होटल तथा अन्य उद्योगका लागि एलपीजी आपूर्तिसम्बन्धी नीति सुझावका लागि मन्त्रालयले समिति गठन गरेको छ।

