Wednesday, March 11, 2026
Home > राष्ट्रिय समाचार > नेपाल वायुसेवा निगमको विशेष उडानले दुबईबाट यात्रु उद्धार गर्ने

नेपाल वायुसेवा निगमको विशेष उडानले दुबईबाट यात्रु उद्धार गर्ने

काठमाडौं — नेपाल वायु सेवा निगमले मङ्गलबार राति ११ः१५ बजे विशेष वाइडबडी उडानमार्फत दुबईमा रोकिएका यात्रु उद्धार गरी स्वदेश फिर्ता ल्याउने जनाएको छ। दुबई–काठमाडौँ उडान (आरए २३०) बिहीबार बिहान ४ः१० बजे काठमाडौँ आउने तालिका छ।

निगमका कार्यकारी निर्देशक अमृतमान श्रेष्ठका अनुसार, अमेरिका–इरान युद्धपछि रोकिएका यात्रुलाई प्राथमिकतामा राख्दै २७०–२८० जना यात्रु राति दुबई पुग्नेछन्। उडान विशेष गरी २८ फेब्रुअरीदेखि ९ मार्चसम्म टिकट लिएका र यात्रा गर्न असमर्थ भएका यात्रुका लागि व्यवस्था गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *