Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > खुर्कोट–भकुन्डेबेंसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी रोक

खुर्कोट–भकुन्डेबेंसी सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी रोक

काभ्रे – बीपी राजमार्गको खुर्कोट–भकुन्डेबेंसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रेका अनुसार, वर्षा र बाढीको अवस्था अनुसार आवश्यक परे अल्पकालीन रोक पनि लागू गर्न सकिन्छ।

सोमबार राति रोशी खोलामा आएको बाढीमा फसेका ८९ यात्रुलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको थियो। प्रशासनले यात्रुहरूलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *