Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा जिप–मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२८ फागुन, धनगढी — कञ्चनपुरको बेदकोट नगरपालिका–७ लालपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत से १ च १४०५ नम्बरको जिप र म २ प ३५०६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो।

मृतक दुवै जनाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *