Thursday, March 12, 2026
Home > खेलकुद समाचार > नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकमा गुग्लिएल्मो एरेना नियुक्त

अखिल नेपाल फुटबल संघ (एन्फा) ले इटालियन प्रशिक्षक गुग्लिएल्मो एरेनालाई नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। एरेनाले एन्फा कम्प्लेक्समा महासचिव किरण राईसँग नियुक्ति पत्रमा हस्ताक्षर गरे।

उनको पहिलो जिम्मेवारी मार्च २६ मा हुने नेपाल र हङकङबीचको खेल हुनेछ। ५२ वर्षीय एरेना इटालियन प्रशिक्षक हुन् र यसअघि लाओस र मोरक्कोको क्लब मग्रेब फेजसँग काम गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *