विराटनगर–९ स्थित भानु टोलमा दुई युवाबीच विवाद हुँदा एक युवामाथि कैंची प्रहार भएको छ।
स्थानीयका अनुसार सामान्य विवाद बढ्दै जाँदा झगडाको रूप लिएको थियो। सोही क्रममा एक युवाले अर्को युवामाथि कैंचीले प्रहार गरेका हुन्।
कैंची प्रहारबाट घाइते भएका युवालाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ।


