इराकको हवाई क्षेत्रमा अमेरिकी सेनाको केसी–१३५ रिफ्युलिङ विमान दुर्घटनामा परेको छ। अमेरिकी सेनाले ‘मित्र राष्ट्रको एयरस्पेस’ मा विमान दुर्घटना भएको पुष्टि गरेको हो।
दुई विमानमध्ये एउटा सुरक्षित अवतरण गरेको बताइएको छ। केसी–१३५ विमानले लडाकु तथा बमवर्षक विमानलाई हावामै इन्धन भर्ने काम गर्छ।
दुर्घटनाको कारण खुल्न सकेको छैन। हावामै दुई विमान एकापसमा ठोक्किएको हुनसक्ने आशंका गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। अमेरिकी सेन्ट्रल कमानले भने घटना शत्रुको आक्रमण वा आफ्नै सेनाको गल्तीका कारण नभएको स्पष्ट पारेको छ।
विमानमा कति व्यक्ति सवार थिए र हताहतीको अवस्था कस्तो छ भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।


