Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ‘स्ट्रेट अफ होर्मुज’ खुला राख्न जस्तोसुकै युद्ध गर्न तयार: ट्रम्प

‘स्ट्रेट अफ होर्मुज’ खुला राख्न जस्तोसुकै युद्ध गर्न तयार: ट्रम्प

अमेरिका — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका लागि अत्यन्त महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुज खुला र सुरक्षित राख्न आवश्यक परे युद्ध गर्न पनि तयार रहेको बताएका छन्।

इरान र इजरायलबीच बढ्दो द्वन्द्वका कारण उक्त जलमार्ग प्रभावित हुँदा विश्व ऊर्जा आपूर्तिमा संकट देखिएको छ। ट्रम्पले चीन, जापान, दक्षिण कोरिया र बेलायतलाई समुद्री मार्ग सुरक्षित राख्न सहयोग गर्न आह्वान गरेका छन्।

विश्वको करिब ३३ प्रतिशत कच्चा तेल यही मार्ग हुँदै ओसारपसार हुने भएकाले यसको बन्दीले विश्व अर्थतन्त्रमा गम्भीर असर पर्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *