काठमाडौं — संयुक्त अरब इमिरेट्स ले इरान माथि आक्रमण गर्न संयुक्त राज्य अमेरिका लाई आफ्नो जमिन वा आकाश प्रयोग गर्न अनुमति नदिने जनाएको छ।
यूएईकी विदेश राज्यमन्त्री लाना नुसैबेह ले पत्रकारसँग कुरा गर्दै यस्तो जानकारी दिएकी हुन्। उनले इरानबाट हुने सम्भावित आक्रमणविरुद्ध भने आत्मरक्षाका लागि आवश्यक कदम चालिने बताइन्।


