काबुल — पाकिस्तान ले शुक्रबार बिहान अफगानिस्तानको काबुल र कान्दाहारमा हवाई आक्रमण गरेको छ। तालिबान सरकारका अनुसार कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको र १५ जना घाइते भएका छन्।
सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिद का अनुसार पाकिस्तानी विमानहरूले कान्दाहार विमानस्थल नजिकको निजी एयरलाइन्स ‘काम एयर’ को इन्धन डिपोमा प्रहार गरेका थिए। पाकिस्तानले प्रतिबन्धित पाकिस्तानी तालिबान (टीटीपी) लाई लक्षित गरेको दाबी गरेको छ भने काबुलले सर्वसाधारणका घरमा पनि आक्रमण भएको जनाएको छ।
यस घटनाले दुई छिमेकी मुलुकबीचको सैन्य तनाव बढाएको छ र गत अक्टोबरको युद्धविराम पनि प्रभावित भएको छ।


