पोखरामा सम्पन्न नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको १७औँ बैठकले आगामी एक वर्षका लागि भारतबाट किन्ने विद्युत्को नयाँ मूल्य निर्धारण गरेको छ। सहमतिअनुसार अघिल्लो वर्षको दरमा करिब १.५ प्रतिशत मात्र वृद्धि गरिएको छ।
नयाँ दर अनुसार १३२ केभी प्रसारण लाइनबाट आउने विद्युत् प्रतियुनिट ८.२२ रुपैयाँ, ३३ केभीबाट ८.९१ रुपैयाँ र ११ केभीबाट ९.५५ रुपैयाँ कायम गरिएको छ।
यो सहमतिले सुक्खा मौसममा बढ्ने ऊर्जा माग पूरा गर्न नेपाललाई सहज हुने अपेक्षा गरिएको छ। अहिले नेपालले दैनिक करिब १२–१४ हजार मेगावाट–आवर विद्युत् भारतबाट आयात गरिरहेको छ।


