Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > गुडिरहेको नाइट बसको क्याबिनमा अचानक ढुंगा, चालकको साहसले जोगियो ठूलो दुर्घटना

गुडिरहेको नाइट बसको क्याबिनमा अचानक ढुंगा, चालकको साहसले जोगियो ठूलो दुर्घटना

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको नाइट बसमा अचानक पहिरोबाट खसेको ढुंगाले क्याबिनमा प्रहार गर्दा ठूलो दुर्घटना टर्न पुगेको छ। घटना चितवनको तुइन खोलामा भएको हो।

बसमा ४३ जना यात्रु सवार थिए। माथिबाट खसेको ढुंगाले क्याबिनमा ठोक्किएपछि चालकले तत्काल ब्रेक लगाउँदै गाडी नियन्त्रणमा राखेका कारण बस त्रिशूली नदीतर्फ खस्नबाट जोगिएको बताइएको छ।

घटनामा एक यात्रु घाइते भएका छन् भने आकस्मिक ब्रेकका कारण केही यात्रु सामान्य घाइते भएका छन्। बसमा जडान गरिएको सीसीटीभी क्यामरामा घटनाको दृश्य रेकर्ड भएको छ।

यातायात व्यवसायीहरूले चालकको साहस र सतर्कताका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताएका छन्। साथै, बसमा जडान गरिएको जीपीएस र सीसीटीभीजस्ता प्रविधिले यस्ता घटनाको वास्तविक जानकारी लिन सहयोग पुग्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *