Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ई–बिडिङ ह्याक प्रकरणमा टेलिकम ह्याक आरोपित कर्मचारी पुनः पक्राउ

ई–बिडिङ ह्याक प्रकरणमा टेलिकम ह्याक आरोपित कर्मचारी पुनः पक्राउ

काठमाडौं । सार्वजनिक खरिद प्रणालीको ई–बिडिङ (अनलाइन बोलपत्र) ह्याक प्रकरणमा पाँच वर्षअघि नेपाल टेलिकमको सर्भर ह्याक गरेको आरोप लागेका सरकारी कर्मचारी दिवाकर देउजा पुनः पक्राउ परेका छन्।

सीआईबीका अनुसार देउजालाई भोटहिटीबाट पक्राउ गरी अनलाइन टेन्डर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्काको विवरण हेरफेर गर्ने संगठित गिरोहसँग जोडिएको आशंकामा अनुसन्धान भइरहेको छ।

अनुसन्धानमा ई–गभर्नेन्स प्रणालीमार्फत बोलपत्रको अन्तिम चरणमा प्रवेश गरी मूल्य र विवरण परिवर्तन गरेर ठेक्का हात पार्ने कार्य भएको देखिएको छ। यस प्रकरणमा हालसम्म १३ जनालाई पक्राउ गरिएको छ, जसमा केही निर्माण व्यवसायी पनि रहेका छन्।

सीआईबीले यो घटना संगठित साइबर अपराध भएको भन्दै विस्तृत अनुसन्धान जारी राखेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *