काठमाडौं — वैदेशिक रोजगारीमा क्रोएशिया र अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कमला देवी सुनुवार (४९), सविना खड्का (२९) र अम्बर गुरूङ (४१) रहेका छन्। प्रहरीले उजुरीका आधारमा उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट पक्राउ गरी वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।
पीडितहरूले कमलाबाट ४ लाख ५० हजार, सविनाबाट १ लाख र अम्बरबाट ५० हजार रूपैयाँ ठगी भएको उजुरी दिएका थिए।


