धनुषा–औरही गाउँपालिका–१ मा एक महिनाअघि फेला परेको युवतीको शव अझै बेपहिचान छ। २३ माघको बिहान सडकछेउ फेला परेको शवमा बायाँ कनपट्टीमाथि गोली लागेको थियो।
युवतीले निलो सुरुवाल, सेतो स्वेटर र चप्पल लगाएकी थिइन्। प्रहरीले तस्वीर र विवरण सामाजिक सञ्जालमा सार्वजनिक गरी ७७ जिल्ला र भारतीय प्रहरीसँग समन्वय गरेको छ। शव हाल प्रादेशिक अस्पतालमा राखिएको छ।


