Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ सर्वोच्चमा

विद्यार्थी संगठन हटाउने निर्णयविरुद्ध नेविसंघ सर्वोच्चमा

काठमाडौं । क्याम्पस तथा विश्वविद्यालयबाट दलसम्बद्ध विद्यार्थी संगठन हटाउने सरकारी निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सर्वोच्च अदालतमा रिट दायर गरेको छ।

रिटमा उक्त निर्णय संविधानविपरीत भएको दाबी गर्दै शिक्षा मन्त्रालय र विश्वविद्यालय समन्वय समितिको निर्देशनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाएको आरोप लगाइएको छ।

नेविसंघले संगठनलाई पुनः सञ्चालन गर्न दिन र निर्णय खारेज गर्न परमादेश माग गरेको छ। यसअघि अनेरास्ववियुको मुद्दामा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *