Friday, March 13, 2026
Home > राष्ट्रिय समाचार > धादिङ बस दुर्घटना: चालक थकित, सडक पूर्वाधार कमजोर — प्रतिवेदन

धादिङ बस दुर्घटना: चालक थकित, सडक पूर्वाधार कमजोर — प्रतिवेदन

काठमाडौं — धादिङको बेनीघाट रोराङ गाउँपालिका–५ मा ११ फागुनमा भएको बस दुर्घटनाको छानबिन प्रतिवेदन गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष पेश भएको छ।

प्रतिवेदन अनुसार पोखराबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बसमा कुनै यान्त्रिक खराबी भेटिएन, चालकले मादक पदार्थ सेवन पनि गरेका थिएनन्। मुख्य कारण चालकको थकान, रातको समयमा सवारी सञ्चालन र सडक सुरक्षा पूर्वाधारको कमजोरी देखिएको छ।

कार्यदलले भविष्यमा सार्वजनिक सवारीमा थकान व्यवस्थापन प्रणाली, क्यामेरा र ट्र्याकिङ जडान, सडक सुधार र रात्रीकालीन निगरानी वृद्धि गर्न सिफारिस गरेको छ। दुर्घटनामा १९ जनाको मृत्यु र २५ जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *