Sunday, March 15, 2026
Home > मुख्य समाचार > समानुपातिक सांसद चयन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक आज

समानुपातिक सांसद चयन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक आज

काठमाडौँ — नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ बजे बीपी नगरस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा बस्ने भएको छ।

बैठकको मुख्य एजेन्डा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका सांसदहरूको अन्तिम नामावली छनोट गर्नु रहेको छ।

बैठकको निर्णयपछि निर्वाचित सांसदहरूको सूची अन्तिम स्वीकृतिका लागि निर्वाचन आयोगमा पठाइने जनाइएको छ। हालैको निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ भने समानुपातिकतर्फ २० सिट प्राप्त गर्ने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *