काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)का सचिव योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओली पितृ शोकमा रहेका बेला पार्टीभित्रैबाट भ्रामक प्रचार भइरहेको भन्दै आपत्ति जनाएका छन्।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत केही नेताहरूले नक्कली आईडी प्रयोग गरेर मिथ्या सूचना फैलाइरहेको आरोप लगाएका छन्।
उनले यस्तो गतिविधिले पार्टीको एकतामा नकारात्मक असर पार्ने भन्दै तथ्य र तर्कमा आधारित स्वस्थ बहस आवश्यक रहेको बताएका छन्।


