Wednesday, March 18, 2026
Home > आर्थिक समाचार > नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

नेपाली बजारमा सुन–चाँदीको मूल्य घट्यो

काठमाडौं — नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३,०९,४०० रुपैयाँ कायम भएको छ, जुन शुक्रबारको तुलनामा ४,८०० रुपैयाँले कम हो।

सुनको मूल्य घटेसँगै १० ग्रामको मूल्य २,६५,२६० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि ओरालो लागेर प्रतितोला ५,२७० रुपैयाँ र १० ग्रामको मूल्य ४,५१८ रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *