Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम सिफारिस, विवादपछि मन्दिरा हटाइन्

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम सिफारिस, विवादपछि मन्दिरा हटाइन्

विराटनगर, १ चैत २०८२ – श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको लागि ४ जना सिफारिस गरेको छ। पार्टीका प्रवक्ता सत्य घलेका अनुसार आदिवासी जनजाति क्लस्टरबाट पूर्ण लिम्बु, खस आर्यबाट अम्बिका सङ्ग्रौला, दलितबाट राधिका रम्तेल र मधेसीबाट रुवी कुमारी ठाकुरको नाम सिफारिस गरिएको हो।

मन्दिरा मोक्तानको नाम आदिवासी महिला तर्फको पहिलो सिफारिस सूचीमा राखिएको थियो, तर पार्टीमा अन्य महिलाको विरोधपछि उनका स्थानमा ठाकुरको नाम सिफारिस भएको हो। समानुपातिक सांसदको सूचीमा विवादका कारण मिना सिंह र जीवन विष्टले नाम फिर्ता लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *