काठमाडौँ, चैत १ – सरकारले गत भदौ २३ र २४ को जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सोमबार सार्वजनिक गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन अध्ययन गरी ग्रहण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा गृहमन्त्री अर्याललाई नियुक्ति सिफारिस गर्ने, युद्ध प्रभावित देशहरूमा अलपत्र नेपाली नागरिकको उद्धार सुनिश्चित गर्ने तथा हिमताल विस्फोटजन्य र जलवायु जन्य बाढी जोखिम न्यूनीकरण परियोजनाका लागि संयुक्त राष्ट्रसंघीय अनुदान स्वीकार गर्ने निर्णय समेत गरेको छ।


