गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसहितको टोलीबीच आज सिंहदरबारमा महत्त्वपूर्ण छलफल भएको छ।
सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक रणनीति, स्रोत साधनको व्यवस्थापन र पूर्वतयारीबारे विस्तृत छलफल हुनुको साथै सीमा क्षेत्रमा हुने अवैध गतिविधि र तस्करी नियन्त्रणका लागि गस्तीलाई थप प्रभावकारी र कडा बनाउने निर्णय गरिएको छ।
तस्करी र सीमावर्ती अपराध रोक्न गृहमन्त्रीले सम्बन्धित निकायलाई स्पष्ट र कडा निर्देशन दिनुभएको छ।
सरकारले नागरिकको सुरक्षा र राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राख्दै विपद् व्यवस्थापन र सीमा नियन्त्रणमा सशस्त्र प्रहरीको भूमिकालाई थप सुदृढ बनाउने योजना अघि सारेको छ।


