Sunday, March 15, 2026
Home > राष्ट्रिय समाचार > धनुषा–१ उम्मेदवारी मुद्दा लम्बिँदै, मात्रिका यादवका वकिल बहसमा सहभागी

धनुषा–१ उम्मेदवारी मुद्दा लम्बिँदै, मात्रिका यादवका वकिल बहसमा सहभागी

काठमाडौँ, चैत १ – धनुषा–१ को उम्मेदवारीसम्बन्धी मुद्दा अझै लम्बिँदै गएको छ। निर्वाचन आयोगले नेकपा उम्मेदवार मात्रिका यादवलाई विजयी घोषणा गरिसकेको भए पनि उनका वकिल बहसमा सहभागी भएका कारण सुनुवाइ ढिला भएको हो।

मतदानपूर्व उम्मेदवारी खारेज गरिएकी रास्वपा उम्मेदवार किशोरी साह कमलको रिटका आधारमा बहस भइरहेको छ। साहको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको कारण निर्वाचन आयोगले फागुन १९ गते उम्मेदवारी खारेज गरेको थियो। तर, सर्वोच्चले अन्तरिम आदेशमार्फत साहको नाम कालोसूचीबाट हटाउने निर्णय गरेपछि मत परिणामको वैधता विवादमा परेको छ।

आजै सर्वोच्चबाट आदेश आउने सम्भावना रहेको अदालतका अधिकारीले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *