काठमाडौं, १३ बैशाख। सुकुम्वासी बस्ती खाली गराउने सरकारको कदमप्रति विरोध जनाउँदै श्रम संस्कृति पार्टीका अध्यक्ष र सांसद हर्क साम्पाङले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा ‘डेढुमुखे’ भन्दै गाली गरेका छन्।
उपाध्यायले फेसबुकमा एक पोस्ट सेयर गर्दै सुकुम्वासी बस्ती हटाउने सरकारको कदमको आलोचना गरेपछि साम्पाङले उनलाई तीव्र प्रतिक्रिया जनाए। साम्पाङले उपाध्यायलाई गरिबको पीडा नसम्झने आरोप लगाउँदै मेलम्ची घोटालाको प्रसंगसमेत उठाएका छन्।
साम्पाङले सरकारी कदमप्रति निरन्तर विरोध जनाउँदै सुकुम्वासीहरूको भविष्यलाई लिएर अडान जनाएका छन्।


