Sunday, March 15, 2026
Home > राष्ट्रिय समाचार > मध्यपूर्वमा अलपत्र नेपालीहरूको राहतका लागि दूतावास सक्रिय

मध्यपूर्वमा अलपत्र नेपालीहरूको राहतका लागि दूतावास सक्रिय

काठमाडौँ, चैत १ – मन्त्रिपरिषद्को निर्णयअनुसार युद्ध प्रभावित मध्यपूर्वका देशहरूमा अलपत्र परेका नेपाली नागरिकहरूको तत्काल राहत र उद्धारका लागि नेपाली दूतावासहरूले आवश्यक व्यवस्था मिलाउने भएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार रियाद, आबुधाबी, दोहा, कुवेत सिटी, मनामा, मस्कट, इस्लामावाद, कायरो, तेल अवीव, जेद्दा र दुबईका दूतावासहरूले राहत कार्य समन्वय गर्नेछन्। परराष्ट्र मन्त्रालयले ती १० दूतावासका लागि प्रत्येकमा १० लाख रुपैयाँ आवश्यक बजेट मागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *