काठमाडौं — सहकारी ठगी प्रकरणमा रवि लामिछाने विरुद्धको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्ध दायर रिटमा आज पनि सर्वोच्च अदालत मा सुनुवाइ हुँदैछ।
न्यायाधीश सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेल को संयुक्त इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’ मा रहेकाले आज पुनः बहस हुने तयारी छ।
महान्यायाधिवक्ता सविता भण्डारी ले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोप हटाएर सहकारी ठगीमा मात्र मुद्दा चलाउन दिएको निर्देशनविरुद्ध सर्वोच्चमा रिट दायर गरिएको हो।


