ओडिसा, भारत — कटकस्थित एससीबी मेडिकल कलेज एन्ड हस्पिटल को आईसीयूमा सोमबार बिहान आगलागी हुँदा १० जना बिरामीको मृत्यु भएको छ। प्रारम्भिक अनुसन्धानले शर्ट सर्किटका कारण आगलागी भएको अनुमान गरेको छ।
मुख्यमन्त्री मोहन चरण माझी ले मृतक परिवारप्रति दुःख व्यक्त गर्दै न्यायिक जाँचको आदेश दिएका छन्। सरकारले मृतक परिवारलाई २५ लाख र प्रधानमन्त्री नरेन्द्र मोदी ले थप राहत रकम उपलब्ध गराउने घोषणा गरेका छन्।


