तमिलनाडुमा सत्तासमीकरण बदल्ने अवस्थामा पुगेको तमिलगा वेत्री कझगम (TVK) का नेता तथा अभिनेता विजय थलापतिको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
चुनावी प्रतिवेदनअनुसार उनको कुल सम्पत्ति करिब ६२४ करोड रुपैयाँ रहेको छ। यसमध्ये ४०४ करोड चल सम्पत्ति र २२० करोड अचल सम्पत्ति रहेको बताइएको छ।
उनको बैंक खातामा २१३ करोडभन्दा बढी, साथै फिक्स्ड डिपोजिट, लगानी र अन्य आर्थिक सम्पत्तिहरू छन्। विजयसँग बीएमडब्ल्यू, रेन्ज रोभर, अडि र लेक्सस जस्ता महँगा कारहरूको संग्रह पनि छ।
अचल सम्पत्तिमा चेन्नई र कोडाइकनालमा जग्गा तथा घरहरू छन्, जसमा समुद्रकिनारमा रहेको विलासी बंगला पनि समावेश छ। उनले ऋण नभएको र आर्थिक वर्ष २०२४–२५ मा करिब १८४ करोड आम्दानी गरेको विवरण दिएका छन्।


