Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > पेट्रोलियम मूल्यवृद्धिपछि यातायात व्यवसायीको भाडा समायोजन माग

पेट्रोलियम मूल्यवृद्धिपछि यातायात व्यवसायीको भाडा समायोजन माग

काठमाडौं — नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले डिजेल र पेट्रोलमा मूल्य वृद्धिपछि तत्काल सार्वजनिक यातायातको भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ।

महासंघका अनुसार चैत्र २ देखि डिजेलमा १० र पेट्रोलमा १५ रुपैयाँ वृद्धि हुँदा व्यवसायी र उपभोक्तामा प्रत्यक्ष असर परेको छ। महासंघले २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार भाडा पुनः समायोजन गर्न आग्रह गर्दै, नेपाल आयल निगमभित्र आन्तरिक चुहावट रोक्न र आपूर्ति व्यवस्थालाई सुधार्न पनि सरकारसँग ध्यानाकर्षण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *