काठमाडौं । बाराका पूर्व मालपोत नासु मदनकुमार गुप्तासम्बन्धी भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ।
७ मध्ये ६ वटा भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका गुप्ताको मुद्दा मंगलबार न्यायाधीशद्वयको संयुक्त इजलासमा सुनुवाइ हुने भएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीमाथि राजस्व हिनामिना, सरकारी कागजात नष्ट र गैरकानुनी सम्पत्ति आर्जनलगायत अभियोगमा सात वटा मुद्दा दायर गरेको थियो।
तीमध्ये एक मुद्दामा सफाइ पाए पनि बाँकीमा दोषी ठहर भई उनी कारागारमा छन्। विशेष अदालतले उनलाई विभिन्न मुद्दामा कैद, जरिवाना र बिगो असुलीको सजाय सुनाइसकेको छ।


