विराटनगर – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र समानुपातिक सांसदको बन्दसूचीलाई लिएर आन्तरिक असन्तुष्टि देखिएको छ। कोशी प्रदेशकी कार्यवाहक अध्यक्ष गोमा तामाङ ‘सरिन’ ले भूगोल र समावेशिताको सन्तुलन नमिलेको भन्दै सार्वजनिक असन्तुष्टि व्यक्त गरेकी हुन्।
सामाजिक सञ्जालमार्फत उनले कोशी प्रदेशको पहाडी भूगोल र जातीय क्लस्टरलाई बेवास्ता गरिएको आरोप लगाएकी छन्। पार्टी निर्माणमा सक्रिय र योगदान दिएका व्यक्तिहरूलाई सूचीमा नसमेटिएको भन्दै उनले नेतृत्वको आलोचना पनि गरेकी छन्।
तामाङले यस्ता निर्णयले पार्टीको संगठन र कार्यकर्ताको मनोबलमा असर पर्न सक्ने चेतावनी दिएकी छन्।


