काठमाडौं — नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, संसद्मा पार्टीको भूमिका तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ। सबै सांसदहरूलाई अनिवार्य उपस्थित हुन सूचित गरिएको छ।


