काठमाण्डौ – राष्ट्रिय उपभोक्ता मञ्चले नेपाल आयल निगमको असक्षमताका कारण देशभर खाना पकाउने ग्यासको अभाव देखिएको आरोप लगाएको छ।
विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले निगमको व्यवस्थापकीय कमजोरी र सूचना लुकाइको कारण समस्या उत्पन्न भएको बताए। उनले कालोबजारीले पनि ग्यास अभावमा भूमिका खेलेको दाबी गरे।
उद्योग वाणिज्य सङ्घ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले उपभोक्ताको हित सुनिश्चित गर्न कानून पुनर्लेखन आवश्यक भएको बताएका छन्।


