काठमाडौं, ३ चैत — नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय रुपैयाँ पुगेको छ भने चाँदी ७० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३३५ रुपैयाँ कायम भएको छ।
यसअघि माघ १५ गते सुनचाँदीको भाउ हालसम्मकै उच्च पुगेको थियो।


