काठमाडौं । वर्ष २०८२ को अन्तिम दिन सेयर बजार घटेर बन्द भएको छ। नेप्से परिसूचक ४.१८ अंकले घट्दै २८३३.६० विन्दुमा पुगेको छ।
यस दिन कारोबार रकम पनि घटेर ८ अर्ब ६६ करोड रुपैयाँमा सीमित भएको छ। कुल ३४२ कम्पनीको कारोबार हुँदा १०५ कम्पनीको मूल्य बढ्यो भने १५३ कम्पनीको घट्यो।
पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ। होटेल तथा पर्यटन उपसमूह सबैभन्दा बढी बढ्दा जीवन बिमा उपसमूहमा सबैभन्दा धेरै गिरावट देखिएको छ।


